काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक तथा वैदेशिक रोजगारमा रहेका श्रमिकको हक र अधिकारको सुनिश्चिताका लागि नेपाल सरकार कटिवद्ध रहेको बताएका छन् ।
१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्री भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूमा शुभकामना सन्देश जारी गर्दै मुलुकको दीर्घकालीन समृद्धि र सामाजिक प्रगतिमा श्रमिकको अमूल्य भूमिका भूमिका रहदै आएको भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।
मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि श्रमिकहरुको हक र अधिकारको सुनिश्चितता गर्दै नयाँ र परिष्कृत तवरले जुट्नु पर्ने हामी सबैको सामुहिक अभिभारा रहको उल्लेख गरेका छन् ।
आगामी दश वर्ष भित्र वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यकारी अवस्थालाई अन्त्य गर्ने उद्धेश्य सहित घोषणा भएको आन्तरिक रोजगार प्रवद्र्धन दशकको कार्ययोजना अन्तिम चरणमा पुगेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
“यसै क्रममा श्रम ऐन, वैदेशिक रोजगार ऐन लगायत श्रम संग सम्वन्धित कानून तथा नीतिहरु सुधारको कार्य अघि बढिसकेको छ । सबै तहका सरकार तथा सरोकारवालासंगको सहकार्यमा श्रम बजारको प्रवद्र्धन र विकासका लागि चरणवद्ध एवं प्रभावकारी तवरले कार्य गर्नेगरी अभियान सञ्चालन गर्ने चरणमा हामी पुगेका छौं,”उनले भनेका छन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप, पूजी र जाँगरको उचित उपयोग गर्दे ‘स्कील्ड नेपाल र सीपयुक्त नेपाली’ को अवधारणामा आगामी दिनमा डिजिटल ट्रयाप, डेथ ट्रयाप र डेट ट्रयाप बाट बाहिर निकाल्न लागि मन्त्रालय कटिवद्ध रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्