नीति तथा कार्यक्रमबारे सांसद शाहीले भनेः टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्टो


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लुटतन्त्रको विरुद्ध उठ्ने जनआवाजलाई दबाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो आरोप लगाएका हुन्।

उनले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरुका लागि तह लगाउने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए ।उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने जनआवाज देखेर सरकार तर्सिएको बताए । उनले जनआवाज विरुद्धका आवाज निस्तेज पार्ने गरी नीति तथा कार्यक्रमको पेज नम्बर २ मा लिखित रुपमा ल्याइनु विडम्वना भएको बताए ।

प्रवक्ता शाहीले नीति तथा कार्यक्रम टोले गुण्डाहरुको चन्दा उठाउनका लागि गरिएको सम्झौताको खोस्टो जस्तो भएको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन हाल्ने बताए ।