काठमाडौँ । चालु आर्थिक वर्षमा वित्तीय तथा बिमा क्षेत्रको कुल गार्हस्थ उत्पादन(जिडिपी)मा योगदान घट्ने देखिएको छ ।
समग्रमा बैँक तथा वित्तीय संस्थाहरूको विस्तार खुम्चिदै गएका कारण यो वर्ष जिडिपीमा योगदान घट्ने देखिएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ उत्पादनमा वित्तीय तथा बिमा क्षेत्रको योगदान ६.६५ रहने अनुमान गरिएको छ ।
यो गत आर्थिक वर्षको अनुमान भन्दा कम हो ।
गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ७.९४ प्रतिशत रहने संसोधित अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा कुल मूल्य अभिवृद्धि वृद्धिदर भने ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान तथ्याङ्क कार्यालयको छ ।
प्रतिक्रिया दिनुहोस्