काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ६०० रुपैयाँले बढेर एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्