काठमाडाैँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी सुरू गरेको छ । आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्वतयारी सुरू गरेको जानकारी दिएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपद्बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी सुरू गरेको बताए ।
उनले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी सुरू गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी सुरू गरेको बताए । उनले सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरूलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको बताए।
कार्यकारी प्रमुख भट्टले विपद्बाट बच्न क्षति न्युनिकरणका लागि स्थानीयहरूको भुमिका महत्वपूर्ण हुने बताए ।
प्रतिक्रिया दिनुहोस्