सरकारको नीति तथा कार्यक्रम परम्परा धान्ने र औपचारिकता पूरा गर्ने खालको छः अध्यक्ष दाहाल


काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षा विपरित परम्परा धान्ने र औपचारिकतामै सिमित हुने खालको रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयवस्तुले देशको अर्थतन्त्रका सामु देखिएका जटिलता र जनस्तरमा चुलिएको असन्तोष सम्बोधन गर्न नसकेको टिप्पणी गरेका हुन्।

उनले नीति तथा कार्यक्रमले ल्याउने क्रममा सरकारले राष्ट्रका महत्वपूर्ण पक्षहरू बिर्सिएको आरोप समेत लगाए । उनले दुई तिहाईको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैंभित्रबाट एक्लिए अध्यक्ष दाहालको भनाइ छ । 

“दुई तिहाईको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैंभित्रबाट एक्लिएको अवस्थामा नीति तथा कार्यक्रम पनि परम्परा धान्न र औपचारिकता पुरा गर्न मात्र आएको देखिन्छ । यसले अर्थतन्त्रका सामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सम्बोधन गर्न सकेको छैन,” उनले भने ।