काठमाडाैँ । संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले केआइआइटीमा अध्ययनरत छात्रा वीरगञ्जकी प्रिसा साहको मृत्युको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।
छात्रा साहको निधनप्रति समितिले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उक्त विश्वविद्यालयमा पटकपटक यस्ता घटनाहरू भएकाले सो को कारण समेत पहचान हुनेगरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीउपर कडा कारबाही गर्न माग गर्न निर्देशन दिए ।
समितिले आगामी दिनमा यस प्रकारका घटनालाई पुनः हुन नदिनतर्फ सजगता अपनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्