विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो


काठमाडाैँ । विद्यालय शिक्षा विधेयकका माग सम्बोधनका लागि गठित संसदीय उपसमितिको म्याद १० दिन थपिएको छ ।सोमवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उपसमितिको म्याद १० दिन थप गरेको हो ।

उपसमितिलाई यसअघि ३५ दिनको समय दिइएको थियो । ३५ दिनमा सहमति जुट्न नसकेपछि थप १० दिन उपसमितिको समय थपिएको हो । समितिको बैठकमा उपसमितिका संयोजक छविलाल विश्वकर्माले १० दिनको समय माग गरेका थिए । जसलाई समितिले स्वीकृत गरेको हो ।

सबारेमा जानकारी गराउँदै समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिलाई १० दिनको म्याद थप सम्बन्धी प्रश्तावलाई समितिले स्वीकृति गरेको बताए । उनले यसअघि ३५ दिनको समयमा उपसमितिले रातदिन काम गरेको र गम्भीरतापूर्वक छलफल गरेको बताए । उनले धेरै बुँदाहरू समितिका लागि शिर्ष तहमा जानुपर्ने अनुमान गरेपनि उपसमितिबाटै टुंगिँदा खुशी लागेको बताए ।