विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा सय प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी भूमिमा निर्मित सबै चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया तुरुन्तै शुरु गर्न अधिकार दिइरहेको बताएका छन् ।

यो कदम हलिउड चलचित्रलाई बचाउनु रहेको उनकाे भनाइ छ । उनले हलिउड चलचित्रका निर्माण क्षमताहरु चोरिरहेको आरोप लगाए । अमेरिकाको चलचित्र उद्योग एकदमै छिटो मृत्युको मुखमा पुगिरहेको उनले उल्लेख गरे । 

विदेशी भूमिमा निर्माण हुने र अमेरिकामा आउने कुनैपनि चलचित्रहरूमा १०० प्रतिशत कर लगाउन निर्देशन दिए ।