काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एंव सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्। उनले उक्त भेटलाई ऐतिहासिक र अर्थपूर्ण भएको बताएका छन्।
“पिएए को अवसरमा बिल गेट्ससँग भेट हुनु गौरवको विषय हो। नेपालका स्वास्थ्य र रोजगारी क्षेत्रका गम्भीर चुनौतीबारे हाम्रो गहिरो र अर्थपूर्ण छलफल भयो,” फेसबुकमार्फत चौधरीले लेखेका छन् ।
चौधरीले गेट्स फाउन्डेसनसँगको दशक लामो सहकार्यप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले २०७२ सालको भूकम्प, कोभिड महामारीको सामना र ‘बलियो नेपाल’ अभियानमार्फत पोषण सुधारको काममा गेट्स फाउन्डेसनको भूमिकालाई स्मरण गरेका छन्।
उनले आगामी दिनमा गेट्स फाउन्डेसनका प्रभावकारी स्वास्थ्य कार्यक्रमहरू नेपालमा विस्तार गर्ने तयारी रहेको जानकारी पनि दिएका छन्।
प्रतिक्रिया दिनुहोस्