प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक, साँझ ५ बजे बालुवाटारमा बस्दै


काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।

त्यस्तै अहिले चलिरहेको भारत र पाकिस्तानको द्धन्द्धका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।