काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ९१ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ६०० रूपैयाँले बढेर एक लाख ९२ हजार २०० रूपैयाँ पुगेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेर एक हजार ९५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्