काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपि पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो भन्दै सरकारको व्यङ्ग्य गरे।
उनले राष्ट्रलाई व्यापक दलीय करण गर्ने, संवैधानिक निकायहरू कब्जा गर्ने, राष्ट्र बैङ्क कांग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको खुल्लमखुल्ला बहस गराइएको भन्दै ती विषयलाई पनि नीति तथा कार्यक्रममा समेट्न सरकारलाई व्यङ्ग्यात्मक शैलीले टिप्पणी गरे ।
उनले नीति तथा कार्यक्रम यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्ताबेज रहेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस्