अमेरिका र बेलायतबिच व्यापार सम्झौता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा संयुक्त राज्य अमेरिका र बेलायत नयाँ व्यापार सम्झौतामा पुगेको बताएका छन् । जसमा केही क्षेत्रहरूमा आंशिक रूपमा कर फिर्ता लिने र एकअर्काको उत्पादनहरूको लागि बजार पहुँच बिस्तार गर्ने समावेश छ । यद्यपि सम्झौताको विवरण अझै अन्तिम हुन बाँकी छ ।

संयुक्त राज्य अमेरिकाले पहिले लगाएको १० प्रतिशत पारस्परिक शुल्क यथावत छ । अन्तिम विवरणहरू आगामी हप्ताहरूमा लेखिने जनाइएकाे छ ।बेलायती प्रधानमन्त्री केयर स्टारमरले कार्यक्रममा व्यक्तिगत रूपमा उपस्थित हुनु भएन तर फोनमार्फत सम्पर्क भएको थियो ।

सम्झौता अन्तर्गत प्रत्येक वर्ष बेलायतबाट संयुक्त राज्य अमेरिकामा आयात गरिने पहिलो १ लाख सवारी साधनहरू १० प्रतिशतको पारस्परिक दर र प्रत्येक वर्ष कुनैपनि थप सवारी साधनहरू २५ प्रतिशत दरको अधीनमा छन् । 

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ह्वाइट हाउसको कार्यक्रममा १ लाख सवारी साधनले अमेरिकी अटो बजारको ०.६ प्रतिशत मात्र हिस्सा ओगटेको छ । तर बेलायती सरकारको एक विज्ञप्तिअनुसार १ लाख कारको कोटा गत वर्ष बेलायतले निर्यात गरेको लगभग कुल हो ।

सम्झौताअनुसार बेलायतले गैर–भन्सार अवरोधहरू घटाउने वा हटाउनेछ र अमेरिकी उत्पादनहरू जस्तै इथेनॉल र केही औद्योगिक सामानहरूको लागि बजार पहुँच बिस्तार गर्नेछ । 

लुटनिकले बेलायतबाट रोल्स–रोयल्स इन्जिन र विमानका कम्पोनेन्टहरू अमेरिकाको भन्सार–मुक्तमा प्रवेश गर्ने उल्लेख गरे । जबकि बेलायतले १० अर्ब अमेरिकी डलरको बोइङ विमान खरिद गर्नेछ । बेलायती सरकारले आफ्नो विज्ञप्तिमा यो भाग उल्लेख गरेको छैन ।

ह्वाइट हाउसले यो सम्झौताले स्टील र आल्मुनियमको लागि नयाँ व्यापारिक संघ सिर्जना गर्ने घोषणा पनि गरेको छ । बेलायती सरकारको विज्ञप्तिमा भनिएको छ कि संयुक्त राज्य अमेरिकामा बेलायती स्टील निर्यातमा लगाइएको भन्सार हटाइनेछ ।