नेपाल टेलिकमकाे ‘सजिलो प्रिपेड कम्बो’ अफर, १९९ रुपैयाँमा ४ हजार २ सय एमबीदेखि अन्य सुविधा


काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि ‘सजिलो प्रिपेड कम्बो’ अफर उपलब्ध गराएकाे छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरुका लागि कम्पनीले यही असोज २ गतेदेखि १९९ रुपैयाँ देखि ६९९ रुपैयाँसम्मका भ्वाइस, डाटा र सन्देश पठाउन सकिने प्याकहरु ल्याएको हो ।

एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत १९९ रुपैयाँ मा ४ हजार २ सय एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

त्यस्तै ३४९ मा १४ हजार एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यसैगरी ४९९ रुपैयाँमा १९ हजार ६ सय एमबी (दैनिक ७०० एमबी) डाटा, १ हजार ९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १ हजार ९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ ।

यस अफर अन्तर्गत ६९९ रुपैयाँ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८ सय मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८ सय (दैनिक १०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसका साथै यस अफर अन्तर्गत सन्देश मात्र पठाउनु पर्ने ग्राहकको आवश्यकतालाई ध्यानमा राखी जम्मा ९८ रुपैयाँ मा २८ दिन भित्रमा जम्मा ६०० वटा र ६० रुपैयाँमा जम्मा ३०० वटा सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।

आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू खरिद गर्न सकिन्छ

facebook sharing button
twitter sharing button
messenger sharing button