टीकाको उत्तम साइत ११ः५१ बजे, टिका थाप्ने कता फर्कनु पर्छ?


काठमाडौं । बडा दशैंको मुख्य दिन आज टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जनको साइत तोकिएको छ । सामान्यतया देवी विसर्जनपछि टिका लगाउन योग्य मानिन्छ।

देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने समितिले जनाएको छ।

सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीको भनाइ छ।

विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्ने प्रचलन रही आएको छ।

बडादशैंको दिन टिका लगाउन नमिल्ने अवस्थामा आफ्नो पूर्णिमासम्म जुन दिन लगाउनेदेखि दशैंको दिन मात्र लगाउने सम्मका परम्परा पनि कतै कै रहेको पाइन्छ।

शास्त्र अनुसार टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्किनु पर्ने हुन्छ।