काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीमा भ्रष्ट्राचार भएको भन्दै १८ जना विरुद्ध भ्रष्टाचार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्काका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले नेपाल टेलिकमकी वर्तमान प्रबन्ध निर्देशक संगीता पहाडी सहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
प्रतिक्रिया दिनुहोस्