बीवाईडी एट्टो३ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता (भिडियो)


काठमाडौं। चिनियाँ कम्पनी बीवाईडीको बहुप्रतिक्षित इलेक्ट्रिक कार एट्टो ३ सनिवार नेपालमा सार्वजनिक भएको छ।

काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बीवाईडी र यसका उत्पादन बारे साइमेक्स बीवाईडी नेपालका सीईओ साहिल श्रेष्ठले  विस्तृत जानकारी गराउदै तिब्र एट्टो ३ सार्वजनिक गरेका हुन्।

बीवाईडीका ब्राण्ड एम्बेसडर हरिवंश आचार्यले आफू बीवाईडीको ब्राण्ड एम्बेसडर बन्न पाएकोमा गर्व गरेको बताए। उनले इलेक्ट्रिक गाडिको युग आएकाले यसबाट लाभ लिनु पर्नेमा जोड दिए।

कम्पनीकी जनरल म्यानेजर यमुना श्रेष्ठले बीवाईडीप्रति नेपाली उपभोक्ताले देखाएको विश्वासको कदर गर्दै उत्कृष्ट सेवाको निरन्तरताको प्रतिवद्धता व्यक्त गरिन्।

Video:

https://www.facebook.com/TaksarMedia/videos/1268456237247943

सम्बन्धित समाचार:

बीवाईडी एट्टो३ इलेक्ट्रिक कार नेपालमा शनिबार सार्वजनिक हुने