अहिलेको नेतृत्वबाट धेरै आश गर्नु नै बेकार छः काँग्रेस सांसद भण्डारी


काठमाडाैं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अहिलेको राजनीतिक नेतृत्वबाट धेरै आशा गर्नु नै बेकार भएको टिप्पणी गरेका छन् ।

बिहीवार बसेको शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै सांसद भण्डारीले अहिलेको राजनीतिक नेतृत्वले बोल्ने र भाषण गर्ने तर कर्तव्यबाट भाग्ने काम गरेको आरोप लगाए। अहिलेको राजनीतिक नेतृत्व व्यवहारिक हुन जरुरी रहेको बताए । 

“मलाई के लाग्छ भने अहिलेको नेतृत्वबाट धेरै आशा गर्नु बेकार छ । लेख्ने, बोल्ने, भाषण गर्ने तर कर्तव्य केहि पनि पुरा नगर्ने,” उनले भने, “यो अहिलेको नेतृत्व हो र त्यसमध्ये म पनि पर्छु । त्यसकारण हामी व्यवहारिक हुनुप¥यो ।”

अझैपनि सिमान्तकृत वर्गले निःशुल्क रुपमा शिक्षा प्राप्त गर्न नपाएको गुनासो गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्नुपर्नेमा उनकाे जोड थियाे । शिक्षालाई पैसाँग तुलना गर्न नमिल्ने उनले टिप्पणी गरे ।