काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन् ।
बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताए ।
अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारी रुपमा गर्ने बताए । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने उनकाे भनाइ छ । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको जानकारी दिए ।
“बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी हो, हामीले के कस्ता प्रवन्धहरु गर्दा बजेट कार्यान्वयन सहज ढंगले हुनसक्छ भन्नेमा यो बजेट केन्द्रित छ,” उनले भने, “हाम्रा बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्दैछौँ ।”
अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्