काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।
आइतबार २२ औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्ने गरेको बताए ।
सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने बताउँदै उनले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको उल्लेख गर्दै मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए।
असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेको भएपनि र पर्याप्त नभएपनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको बताए। मलका कारणले रोपाईं गर्न पाइन भन्ने किसिमको सोच नराख्न आग्रह गरे । आगामी दिनमा सहज ढंगबाट मल प्राप्त गर्ने बताए ।
मन्त्री अधिकारीले भने, ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौँ । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन । त्यो सम्भावना कति रहला आफ्नो ठाउँमा । अहिले समय परिवर्तन भएको छ । जमानामा पनि परिवर्तन आएको छ । राम्रो नहोला, मिठो नहोला, गिलो होला तर चैते धानको जस्तो मिठो खाना अन्यत्र पाउन सक्दैनौँ । चिसो हुँदा मुछ्न गाह्रो, मन तातो हुँदा त्यो भन्दा मिठो र स्वादिलो अरु हुँदैन । कृषि मन्त्रालयसँग अनगन्ति समस्या छ ।’
मन्त्री अधिकारीले किसानको मागहरु सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए। दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुने भन्दै असार १५ गते ९आज० राष्ट्रिय धान दिवस मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्