राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा एमालेले माग्यो सभापति र सचिवको राजीनामा


काठमाडौं । राज्य व्यवस्था समितिको आकस्मिक बैठक बसेको छ । निजामती विधेयकको कुलिङ पिरियड मा चलखेल भएको भन्दै चौतर्फी आलोचना भएपछि समितिको आकस्मिक बैठक बसेको स्रोतले जनाएको छ ।

बैठकमा नेकपा एमालेका नेता एवं पूर्वकानूनमन्त्री पदम गिरीले समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेका छन् ।

समितिले महिनौ लगाएर छलफल गरेर कुलिङ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषयमा सबैबीचमा स्पष्ट भएपनि सभापति ज्यू र सचिवले हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरेको बताए ।

उनले भने ‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । सचिवले पनि यो पदमा बसिरहन मिल्दैन । नेपालको संसदीय इतिहासमा कालो धब्बा हो । कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहन्छ । राजीनामा दिएर मार्गप्रश गर्न अनुरोध छ।

नेपालको इतिहासमा यो हदसम्मको लज्जासपद र घिनलाग्दो काम जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था रहेको गिरीको भनाई छ ।

सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भएपनि सभापतिबाट गैरजिम्मेवारपूर्ण जवाफ आएको गिरीले टिप्पणी गरे ।