कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गुमेको छः सांसद पाण्डे


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताएका छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो त्रुटी नभइ बद्मासी भएको र यसको निष्पक्ष छानविन हुनुपर्ने माग गरे।

उनले भने , ‘यो त्रुटी हो की बद्मासी हो रु षड्यन्त्र हो । यो के हो । सचिवज्युसँग सोध्दा त्रुटी भयो भन्नुहुन्छ । यो गम्भीर गल्ती हो । उहाँहरु कतैबाट गाइड भएर पठाउनुभयो की समितिले दिएको कुरा पठाउनुभयो । यसको राम्रो छानविन हुन जरुरी छ । यो छानविन भएन गम्भीर समस्या ल्याउँछ ।

अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताए । जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको भन्दै राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताए ।

यस विषयमा जो कोही संलग्नहरुले कारबाहीको भागिदार हुनुपर्ने सांसद पाण्डेको भनाई छ । कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको पाण्डेले बताए ।