बिवाईडीको एटो–३ शनिबार पोखरामा सार्वजनिक हुँदै


काठमाडौं । बिवाईडीको एटो–३ शनिबार पोखरामा सार्वजनिक हुने भएको छ । विद्युतीय कार एटो–३ पोखराको बिवाइडी सोरुम उत्तमचोकमा सार्वजनिक हुने भएको हो ।

पोखराको लागि आधिकारिक बिक्रेता प्लगइन अटोमोबाइल्सले एटो–३ सार्वजनिकसँगै बिवाइडीको सोरुमको पनि उद्घाटन हुने जनाएको छ । एटो–३ को आइतबारदेखि नै बुकिङ खुला हुने कम्पनीले जनाएको छ ।

८९ लाख ९० हजार पर्ने एटो–३ को तीन लाख रुपैयाँमा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार एटो–३ काठमाडौंमा सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएको बीवाईडी एट्टो ३ मा ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । डीसी फास्ट चार्जरको सहयोगले यसको ब्याट्रीलाई ५० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्यानोरामिक सनरुफ, ८ स्पिकर, एलईडी लाइटिङ सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचर उपलब्ध छ ।

सुरक्षाका लागि यसमा ७ एयरब्याग, टीपीएमएस, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्री पार्किङ क्यामेरा, ईबीडी सहितको एबीएस, ईएसपी, टीसीएस, अल ह्विल डिस्क ब्रेक र अन्य धेरै फिचर रहेको कम्पनीले उल्लेख गरेको छ ।