काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तयारी थालेको छ ।
बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको आवश्यक प्रक्रिया र तयारी प्रारम्भ गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाकै सांसद दीपक बोहराको निधनपछि उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
उनका अनुसार सम्भावित उमेदवारहरुको सुची सिफारिस गरी असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कार्य समितिलाई निर्देश गरिएको छ।
यस्तै पार्टीले उपनिर्वाचनको तयारीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ ।
उक्त परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरु र आमन्त्रित सदस्यहरु सदस्य रहने श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्