त्रिशुलीको बाढीमा फसेका एक दम्पती र प्रहरी सहित ९ जनाकाे सकुसल उद्धार


काठमाडौँ । बाढीका कारण जोखिममा परेका एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी हालसम्म कुल ९ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्रिशुली नदीकाे बिचमा फसेका दप्पतीलाई नेपाली सेनाको हेलिकप्टर बाट उद्धार गरेको छ। नुवाकोट जिल्लास्थित विदुर नगरपालिका वडा नं. १ लभ डाडा मिलन चौतारा बस्ने बर्ष ६७ को पाल्देन तामाङ र श्रीमती बर्ष ६२ की मंगली तामाङको सकुसल उद्धार गरिएको राष्ट्रिय जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

तामाङ दम्पती त्रिशुली नदीको किनारामा दाउरा काट्न गएका थिए । दाउरा काट्दै गर्दा त्रिशुली नदी किनारतर्फ आएपछि उनीहरु लामो समय रुखमा चढेर उद्धारको पर्खाइमा थिए । उद्धारका लागि नेपाली सेनाको एमआई १७ र एक्वेरल हेलिकोप्टर परिचालन गरिएको थियो ।

राती साढे तीन बजेदेखि नै जिल्ला प्रहरी कार्यायलय बाट प्रहरी निरीक्षक कृष्ण बहादुर धितालको कमाण्डमा २० जनाको प्रहरी टोलि, इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट प्र.ना.नि. धन बहादुर तामाङको कमाण्डमा २८ जना, प्रहरी चौकी रसुवागढीबाट प्र.ब.ना.नि. सुमन महन्त गिरीको कमाण्डमा १२ जना, प्रहरी चौकी स्याफ्रुबेशी रसुवाबाट ८ जना, प्रहरी चौकी हाकु रसुवाबाट ७ जना अस्थायी प्रहरी पोष्ठ मैलुङ रसुवाबाट ९ जना प्रहरी चौकी बेत्रावती बाट १० जनाको प्रहरी टोली गरी जम्मा ९४ जनाको टोलि उद्दार कार्यको लागि खटिएको छ ।

उद्धार कार्यका लागि इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट खटिएका मध्यको प्र.स.नि. लाल बहादुर श्रेष्ठ, प्र.ज. मुन्ना ठाकुर, प्र.ज. लोकेन्द्र बोहरा सम्पर्क विहिन रहेको प्रहरीले जनाएको छ । तीन जना प्रहरी, नौ जना नेपाली सेना, ६ जना चाइनिज गरी कुल १८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।