नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या


काठमाडौँ । नेपाल टेलिकमको इन्टरनेट सेवामा समस्या देखिएको छ ।

टेलिकमले तत्काल समस्या समाधान गरी सेवा सञ्चालनको प्रयास जारी रहेको जनाएको छ ।

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा गएराति साढे १ बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएपछि ट्राफिकहरू वैकल्पिक सेवाप्रदायकबाट सञ्चालनमा गरेको थियो ।

वैकल्पिक सेवाप्रदायकबाट सेवा सञ्चालन गरे पनि लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको स्पिडमा केही समस्या उत्पन्न भएको टेलिकमको भनाई छ ।