एमालेको डिजिटल घोषणापत्र सार्वजनिक :अध्यक्ष ओलीले फिङ्गर स्क्यान गरेर सार्वजनिक


काठमाडौं । प्रविधिमा जोड दिदै नेकपा एमालेले डिजिटल माध्यामबाट चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको होटल याक एण्ड यतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिङ्गर स्क्यान गरेर सार्वजनिक गरेका छन् ।

एमाललेले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिँदै डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेको हो ।

करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।

डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ ।

एमालेले घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु गरेको छ ।

यस अघि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र(, नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।