काठमाडाैँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषिलाई व्यवसायीकरण र व्यापारीकरण गर्न जरुरी रहेको बताएका छन् ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले देशमा गरिबी घटाउनका लागि कृषिको व्यवसायीकरण, व्यापारीकरण गर्न जरुरी रहेको बताएका हुन् ।
कृषिको व्यवसायीकरणले विदेश गएका नेपालीहरूलाई स्वदेशमै रोजगारी दिन सकिने बताए । उनले आफैँ आत्मनिर्भर बन्दा देशको अर्थतन्त्रमा पनि ठूलो योगदान हुने बताए । उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्न नहुने बताए ।
“यो देशमा गरिबी हटाउने हो, गरिबी समाप्त गर्ने हो भने कृषिलाई व्यवसायीकरण, व्यापारीकरण, कृषिको व्यवस्थापन गर्नुपर्छ । जसले गर्दा विदेशमा गएका ५५ लाख युवाहरू स्वदेशमै रोजगारी पाउनसक्छन् । हामी आत्मनिर्भर बन्नसक्छौँ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्