समृद्धि फाइनान्स र पोखरा फाइनान्स गाभिने, नाम ‘पोखरा फाइनान्स लिमिटेड’ रहने


काठमाडौँ । समृद्धि फाइनान्स र पोखरा फाइनान्स आपसमा गाभिने भएका छन् ।

दुई कम्पनीहरूले आज बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा समृद्धि फाइनान्सका तर्फबाट संयोजक सुदीप घिमिरे र पोखरा फाइनान्सका तर्फबाट संयोजक तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

दुवै कम्पनी बराबर हैसियतमा १ बराबर १ सेयर स्वाप रेसियोमा रहेर दुई कम्पनी एकआपसमा गाभिने निर्णयमा पुगेका हुन् ।

मर्जरपछि अध्यक्ष समृद्धि फाइनान्सबाट रहने र नाम ‘पोखरा फाइनान्स लिमिटेड’ रहने समझदारी भएको छ । प्रमुख कायृकारी अधिकृतको भने अझै टुङ्गो लागेको छैन ।

सबै तयारी पुरा गरेर आगामी मङ्सिरदेखि एकीकृत कारोबार थाल्ने कम्पनीको योजना छ ।