काठमाडाैँ । स्याङ्जा जिल्लामा विगत केही घण्टादेखि लगातार भइरहेको अविरल वर्षा र मौसम पूर्वानुमान विभागले आगामी २४ घण्टामा भारी वर्षा हुने जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालयले सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको छ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा आज बसेको बैठकले सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड र जिल्लाभित्रका सहायक सडकमार्गहरूमा सवारी सञ्चालन जोखिमपूर्ण हुने ठहर गर्दै आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालन नगर्न निर्णय गरेको हो।
अत्यावश्यक कारणले सवारी सञ्चालन गर्नुपर्ने अवस्थामा नजिकको सुरक्षा निकायसँग समन्वय गरी मात्र सवारी सञ्चालन गर्न अनुमति दिइने जनाइएकाे छ ।
कार्यालयले सर्वसाधारण र सरोकारवालाहरूलाई उक्त अवधिमा सवारी सञ्चालन नगर्न र सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्