बीवाईडी क्रेज: एक महिनामा २ लाख बढी यूनिट कार बिक्री


काठमाडौं । बीवाईडीले एक महिनामा विश्वभर २ लाख १७ हजार ८१६ यूनिट कार बिक्री गरेकाे छ । कम्पनीले अक्टोबर महिनामा मात्रै उक्त संख्यामा कार बिक्री गरेको हो ।

बीवाईडीले सेप्टेम्बर महिनामा विश्वभर २ लाख १ हजार ३०० यूनिट बिक्री गरेको थियो । सेम्टेम्बरको तुलनामा बीवाइडीले ८.२ प्रतिशतले विक्री बढाउन सफल भएको हो ।

बीवाईडीको बिक्रीमा सोङ मोडल ५६ हजार ८४३ यूनिट सहित सबैभन्दा धेरै भएको छ । त्यस्तै, हान मोडल ३१ हजार ६१४, ट्याङ १७ हजार १६१, क्वीन ३४ हजार ६७०, युवान २७ हजार ५४८ यूनिट बिक्री भएको छ ।

त्यस्तै बीवाईडी ओसियन सिरीजमध्ये ११ हजार २६७ यूनिट सिल, ९११ डेस्ट्रोयर तथा २५ हजार ३३६ यूनिट डल्फिन बिक्री भएको हो ।