मिड सोलु हाईड्रोपावरको नाफामा ४८९ प्रतिशतको उछाल


काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडको नाफामा उछाल आएको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत विँत्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४८९.९४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २ करोड २३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

विद्युत बिक्रीबाट अघिल्लो वर्ष २६ करोड ६५ लाख रुपैयाँ कमाएको कम्पनीले गत आर्थिक वर्षमा भने १८.४६ प्रतिशतले बढाएर ३१ करोड ५७ लाख रुपैयाँ पु¥याएको छ ।

अघिल्लो वर्ष २ लाख २० हजार रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले गत वर्षमा भने उक्त आम्दानी बढाएर ३ करोड २२ लाख रुपैयाँ पु¥याएको छ ।

अघिल्लो आवमा १४ करोड ५ लाख रुपैयाँ रहेको वित्त खर्च घटेर ९ करोड ४४ लाखमा सीमित बनेको छ । यस्तै प्रशासनिक तथा अन्य खर्च ५० लाख ८० हजारबाट घटेर ४९ लाख ५० हजार र कर्मचारी खर्च १ करोड २३ लाखबाट घटेर १ करोड ५ लाखमा सीमित बनेको छ ।

यस्तै रिजर्भको आकार ७०३.६३ प्रतिशतले बढेर १५ करोड ९ लाख रुपैयाँ पुगेको छ भने कुल चालु सम्पत्ति २२ करोड १६ लाख र कुल चालु दायित्व ४ करोड १२ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२०.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.९३ गुणा कायम भएको छ ।