सुनचाँदीको मूल्य घट्यो


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य घटेको छ । सुनचादी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो ।

महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबार १२८० रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर तोलाको १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।