झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३१ करोड ७२ लाख ३७ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा सान्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९८ प्रतिशतले बढेको छ ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.१४ प्रतिशतले घटेको छ ।

कुल ३१६ कम्पनीको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।