एनएमबि बैंकको नयाँ अटो लोन योजनाः ७.१३ प्रतिशत व्याजदरमा सवारी साधन कर्जा


काठमाडौँ । एनएमबि बैंकले नाडा अटो साेमा सहभागिता जनाउँदै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

चाडपर्वलाई लक्षित गरी ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा प्राप्त गरी व्यक्तिगत सवारी साधन खरिद गर्न सक्ने बैंकले जनाएकाे छ ।

बैंकले सीमित अवधिका लागि उपलब्ध गराएको यस योजनाको आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको जनाएको छ । विशेषगरी इलेक्ट्रिक सवारी साधन खरिद गर्न इच्छुक ग्राहकका लागि यो अफर लाभदायक हुने बैंकको विश्वास छ ।

पर्यावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ल्याइएको यस अफरमार्फत दिगो तथा हरित भविष्य निर्माणतर्फ टेवा पुग्ने एनएमबि बैंकले जनाएको छ ।

यसले दिगो विकासमा सहयोग गर्ने र ग्राहकलाई केन्द्रमा राखी सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धताको उदाहरण प्रस्तुत गर्ने बैंकको दाबी छ ।

यस विशेष अफरबारे थप जानकारी लिन इच्छुक ग्राहकहरूले एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल नं इ-२४ मा सम्पर्क गर्न सक्नेछन् । हाल बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।