हेटौंडा उपमहानगरको मेयरमा पराजित दिपकबहादुर सिंह मकवानपुर-१ मा विजयी


हेटौंडा । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पराजित भएका दिपकबहादुर सिंह मकवानपुर-१ मा विजयी भएका छन् ।

उनीले उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र ऐमालेको सहयोग पाएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् । सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।