एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित घरमा आगजनी


काठमाडाैँ । नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् ।

आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा र आगजनी गरिरहेका छन् ।

यसअघि काठमाडौंमा प्रदर्शनकारीहरूले दलका शीर्ष नेताहरुको निवास र दलका पार्टी कार्यालयहरूमा समेत ढुङ्गामुढा गरेका छन् ।