कर्फ्युका कारण आर्थिक क्षेत्र पूर्ण रूपमा ठप्पः बैंक बन्द, सेयर बजार समेत खुल्न सकेनन्


काठमाडाैँ । सोमवार जेनजी युवाहरूमाथि सरकारले गरेको दमनका विरुद्ध आन्दोलन चर्किने भएपछि सरकारले लगाएको कफ्र्यूका कारण मंगलवार आर्थिक क्षेत्र पूर्णरूपमा ठप्प बनेको छ । बैंकहरू बन्द भए भने शेयर बजार पनि चल्न सकेनन् ।

बैंकर्स संघले कफ्र्यू लगाएका क्षेत्रहरूमा बैंक तथा वित्तिय संस्थाहरु नखोल्न भनेको थियो । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले कफ्र्यू लागू भएको क्षेत्रमा कार्यालयहरू नखोल्ने निर्णय भएको बताए। कार्यकारी निर्देशक शर्माले भने, “कफ्र्यू लगाएको क्षेत्रमा कार्यालय खोलिँदैन । सरकारले चल्ने वातावरण बनाउनुप¥यो ।”

यस्तै, नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द गरेको हो । धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार आजका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

“प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ,”सो नियमावलीमा उल्लेख छ ।

त्यस्तै, अन्य निजी क्षेत्रहरूले पनि व्यसायहरु संचालन गरेका छैनन् । सुरक्षाको चुनौती देखिएको भन्दै अहिलेको अवस्थामा व्यवसायहरू संचालन गर्न नसकिने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलवार बिहान ८ बजेदेखि लागू हुनेगरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कफ्र्यु आदेश जारी गरेको छ ।

अघिल्लो दिन जेनजी प्रदर्शनकारीमाथि सरकारले गरेको दमनका कारण १९ युवाको मृत्युपछि आज चक्रपथभित्र कफ्र्यु आदेश जारी भएको छ ।

यस्तो अवस्थामा सहज मानसिकताले कारोबार हुन नसक्ने भन्दै लगानीकर्ताले बजार बन्द गर्न माग गरेका थिए । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा भेग तोकेर त्यहाँका जिल्ला प्रशासन कार्यालये कफ्र्यू लगाएपछि मंगलवार नै सरकारी तथा निजी शैक्षिक संस्थापनि ठप्प भए ।