लुटपाटमा संलग्न २७ जना नेपाली सेनाको नियन्त्रणमा, हतियार र पैसा बरामत


काठमाडौँ । काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ ।

गत राती दश बजेदेखि बिहान १० बजेसम्म देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात भएका कारवाहीका बारेमा नेपाली सेनाले जानकारी गराएको हो ।
काठमाडौँको गौशाला, चाबहिल, बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रकम बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको नेपाली सेनाले जनाएको छ ।

आन्दोलनका क्रममा घाइते भएका २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार भइरहेको पनि सेनाले जनाएको छ । हाल ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको जानकारी दिइएको छ ।