सुशिला कार्कीलाई वालेनको समर्थन, अन्तरिम सरकार गठनका गर्न राष्ट्रपतिलाई अनुरोध 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (वालेन) ले जेनजी प्रस्ताव गरेको अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायधिस शुसिला कार्कीप्रति आफ्नो समर्थन रहेको जनाएका हुन् । 

वालेनले भनेका छन्, “यो अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।” 

जेनजीले सुझबुझपूर्ण तरिकाले कार्कीको नाम प्रस्ताव गरेको भन्दै प्रशंसा गरेका छन् । जेनजी र देशविदेशका नेपालीले वालेनलाइ नेतृत्वमा आउन दबाब दिइरहँदा उनले कार्कीप्रति समर्थन रहेको भनाइ सार्वजनिक गरेका हुन् । 

जेनजीमा को नेतृत्वमा आउने भन्ने विवाद चलिरहँदा वालेनले हस्तक्षेपूर्ण तरिकाले समर्थन जनाएका हुन्र । 

सामाजिक संजालमा भनेका छन्, “अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता  देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।” 

जेनजीले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र  संसदको विघटन अविलम्ब गर्न राष्ट्रपतिलाई अनुरोध गरेका छन् । 

https://www.facebook.com/share/p/1CSnYvbWdo