केही ठाउँमा भारी वर्षाकाे सम्भावना


काठमाडौँ । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश को पहाडी भूभाग लगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी भूभागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।