काठमाडाैँ । स्याङ्जा जिल्लामा सुरक्षाजन्य संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेशअनुसार आज साँझ ७ बजेदेखि भाेलि बिहान ६ बजेसम्म जिल्लाभर सार्वजनिक आवतजावत, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण निषेध गरिनेछ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(का) अनुसार जारी गरिएको यस आदेश उल्लङ्घन गर्न नपाइने स्पष्ट गरिएको छ।
तर आदेश अवधिभर अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन, साथै हवाई टिकटको आधारमा हवाई यात्रुको आवागमनलाई भने सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने व्यवस्था मिलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्