काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ। उनको नेतृत्वमा छिट्टै तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक किरण पोखरेलका अनुसार मन्त्री बन्ने व्यक्तिहरूको नाम अन्तिम चरणमा रहेका छन्।
यो नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि भएको हो। ओलीले जेनजी पुस्ताद्वारा आयोजित प्रदर्शन र दबाबपछि पद छोडेका थिए। जेनजीका युवाहरूले सोमबार र मंगलबार भ्रष्टाचार, सामाजिक सञ्जालमा प्रतिबन्धलगायत विषयमा देशभर प्रदर्शन गरेका थिए।
प्रतिक्रिया दिनुहोस्