अजोड इन्स्योरेन्सको कारोबार फुकुवा, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने


काठमाडौ. । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार फुकुवा गरेको छ । आइतबार नेप्सेले एक सूचना जारी गर्दै आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ुधितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ु बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । योसँगै अब भोलि (सोमबार) बाट दोश्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ ।

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा मर्ज हुने सम्झौता भएपछि साउन एक गते आइतबादेखि नेप्सेमा सेयर कारोबार रोक्का भएको थियो ।