हुम्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा नेपाल टेलिकमकाे ‘टु जी’ र ‘फाे जी’ सेवा सञ्चालनमा


काठमाडाैँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-१ मा ‘टु जी’ र ‘फाे जी’ सेवा सञ्चालनमा ल्याएकाे छ । टेलिकमले २०८२ भदाै २५ गतेबाट सेवा सञ्चालनमा ल्याएको हाे ।

फाे जी सेवा सञ्चालनमा आए पश्चात्  सर्केगाड  गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने  क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू  गुणस्तरीय फाे जी सेवाबाट लाभान्वित भएकाे जनाइएकाे छ ।

हुम्ला जिल्लाकै चंखेली गाउँपालिका-६ मा पनि नेपाल टेलिकमले यही भदाै २७ गतेबाट टु जी र फाे जी सेवा सञ्चालनमा ल्याएको छ ।

फाे जी सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरू लाभान्वित भएका छन् ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएकाे छ।