बैंक तथा वित्तीय संस्थाका ६८ शाखा र ६९ एटीएममा क्षति


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जेन जी आन्दोलनका क्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका ६८ शाखा र ६९ एटीएममा क्षति पुगेको बताएका छन् ।

सोमबार नवनियु्क्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा गर्भनर डा. पौडेलले बैंकका ६८ ओटा शाखा कार्यालय र ६९ ओटा एटीएममा क्षति पुगेको बताएका हुन् ।

उनले अहिले मनोबल घटेको अवस्थामा मनोबल बढाउनुपर्ने र समाधानको लागि तयारी आवश्यकता रहेको बताएका हुन् । पहिलादेखि नै चुनौती भएकोले अहिले थपिएको उनले उल्लेख गरे ।