नेप्सेको गिरावट जारी, कारोबार रकम एक अर्ब मुनि


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ०.३५ अंकले घटेर १३७.२१ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयर बढेको छ भने बाँकी १० उपसमुहको सेयर घटेको छ ।

मंगलबार नेप्सेमा शिबम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८ करोड १२ लाख ३४ हजार ७ सय ९९ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आजको दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य ८.१७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज एनएमबी बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बैंकको सेयरमूल्य ६.०७ प्रतिशतले घटेको छ ।

कुल २३८ कम्पनीको २५ लाख ८१ हजार ४ सय २५ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख १० हजार८ सय ९९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।