काठमाडाैँ । नेपाल बिमा प्राधिकरणका कर्मचारी तथा कर्मचारी संगठनले बिमा क्षेत्रको नियामक निकायमा देखिएको नेतृत्व अस्थिरताबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
अर्थ मन्त्रालयलाई बिहीबार बुझाइएको पत्रमार्फत कर्मचारी संघ–संगठनले विगत डेढ वर्षदेखि अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको अस्थिरताले कर्मचारी मात्र नभई समग्र बिमा बजारमा नै नकारात्मक प्रभाव पारेको उल्लेख गरेका छन्।
बिमा ऐन, २०७९ मा अध्यक्षको योग्यता, नियुक्ति र पदावधि सम्बन्धी स्पष्ट व्यवस्था भए पनि एक वर्षमै ४ देखि ५ पटक नेतृत्व परिवर्तन हुनु गम्भीर समस्या भएको उनीहरूको भनाइ छ।
“देशमा विद्यमान विषम परिस्थितिमा बीमा क्षेत्रले राज्य र सर्वसाधारणलाई आर्थिक क्षतिबाट पुनरुत्थान गर्ने महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हो। तर नियामक निकायमै निरन्तर अस्थिरता देखिनु बीमा बजार र कर्मचारी दुवैका लागि निराशाजनक बनेको छ,” पत्रमा उल्लेख गरिएको छ।
ध्यानाकर्षणपत्रमा प्राधिकरणभित्र सकारात्मक कार्य वातावरण निर्माण गरी नेतृत्वको अस्थिरताबाट निस्कन सरकारलाई आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्