केपी ओली सरकारलाई जवाफ दिन भारतीय प्रधानमन्त्री मोदीले चाल चलेः वामदेव गौतम


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरित सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतवार बसेको बैठकमा उनले संविधानभन्दा बाहिर गएर सरकार निर्माण भएकोले यसको परिणाम भविष्यमा थप व्यहोर्दै जानुपर्ने बताएका हुन्।

हाल राज्यशक्ति सम्पूर्ण रुपले समाप्त भएको उनको भनाइ छ । उनले नेपालमा भएको जेनजी आन्दोलनको बारेमा पनि आशंका व्यक्त गरेका छन् । उनले यो आन्दोलन कहीँ कतैबाट परिचालित भएको हो की भन्ने लागेको बताए ।

उनले भारतीयहरूले केपी ओली सरकारलाई जवाफ दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो गतिविधि गरेको भन्ने गरेको उल्लेख गरे । ऐतिहासिक धरोहरहरू ध्वस्त भएको हेर्दाखेरी पनि यो आन्दोलन कसैले बदला लिनको लागि गरेको जस्तो देखिएको उनको दाबी छ । जेनजीले संसारमा यस्तो कहीँ पनि नगरेको उहाँको भनाई छ । उहाँले यसलाई अराजकताको संज्ञा दिए ।